२०७९ मंसिर २० मंगलवार 1670379440
Banner

माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिट ‘हेर्न नमिल्नेमा’ राखिएको छ।

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदन ‘हेर्न नमिल्नेमा’ राखेको हो।

पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको थियो। एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो।

यसअघि फागुन २९ गते बसेको ईश्वरप्रसाद खतिवडा र डा। कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आजको मिति तोकेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यसअघि २२ भदौमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्धसमेत अदालतमा गएका थिए। यसअघि पनि यो रिट पटकपटक पेशी तोक्दै सार्दै आइरहेको थियो।