८ जेष्ठ २०८१, मंगलवार 1716333910
Banner

तस्वीरमा हेर्नुस् तीजको रौनक

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका कारण आज आज प्रायः शिव मन्दिरमा दिदीबिहीनीहरुको घुइँचो लाग्ने गर्छ ।

तस्वीरमा हेर्नूस् तीजको रौनक

पशुपतिनाथमा दर्शनार्थीका लागि हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा पाशुपति क्षेत्रमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो देखिएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित शिव पाञ्चायन मन्दिरमा हरितालिका …तिज’ पर्वका अवसरमा भगवान शिवको पूजा आराधना गर्दै भक्तजन ।
हरितालिका तिजको दिन सोमबार पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइन लागेका महिला दिदीबहिनीहरु ।
हरितालिका तिजको दिन सोमबार पशुपतिनाथ मन्दिरमा तिजको गीतमा नाच्दै गरेका महिला दिदीबहिनीहरु ।
हरितालिका तिजको दिन सोमबार पशुपतिनाथ मन्दिरमा तिजको गीतमा नाच्दै गरेका महिला दिदीबहिनीहरु ।
पूजा सामग्री किन्दै सर्वसाधारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ स्थित वीरेन्द्रचोकमा सोमबार विश्वकर्मा पूजाको लागि पूजा सामग्री किन्दै सर्वसाधारण ।