६ जेष्ठ २०८१, आईतवार 1716114609
अर्थ

सुन चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Tags :