३ जेष्ठ २०८१, बिहीबार 1715873039
Banner

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सक वार्ता टोली र सरकारबीच वार्ता जारी छ ।

चिकित्सकहरु आकस्मिकबाहेकका सेवा ठप्प पारेर प्रदर्शनमा उत्रिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । अहिले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो ।

अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव रहेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आइतबार दिउँसो २ बजेदेखि वार्ता जारी छ । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।