८ जेष्ठ २०८१, मंगलवार 1716348362
Banner

पाँच वर्ष यही सरकार चल्छ, एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै : विमलेन्द्र निधि

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अहिलेको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा नेपाली कांग्रेस र नेकपा (एमालें) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ,’ नेता निधिले भने– “पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो ।

विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे ।

Tags :