३ बैशाख २०८१, सोमबार 1713179824
Banner

एसिया कपका लागि भारत र श्रीलंका आम्नेसाम्ने

काठमाडौं । एसिया कपको फाइनल खेलका लागि आज भारत र श्रीलंका आमनेसामने हुँदैछन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपराह्न सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका आम्नेसाम्ने हुन लागेका हुन् ।

श्रीलंका सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई हराउँदै फाइनल पुगेको थियो। सुपर फोरमा भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो।

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो। पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको हो।

अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले एसिया कपको उपाधि जितेको थियो।

Tags :