२०७९ आश्विन १२ बुधबार 1664365759
Banner

पार्टी ध्यवस्त बनाउन चौतर्फी घेराबन्दी हुँदा अनेमसंघको भूमिका प्रशंसनीय रहयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नराम्रो परिस्थती उत्पन्न हुँदा अखिल नेपाल महिला संघसंग आवद्ध दिदीबहिनीहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । पुरुषमा भन्दा महिला दिदीबहिनीहरु मा पार्टीप्रति स्पष्टता देखिएको भन्दै उहाँले महिला दिदीबहिनीहरुले आम रुपमा पार्टीप्रतिको निष्ठा बुझेको बताउनुभयो । अखिल नेपाल महिलासंघद्धारा आज ‘स्थानीय तहका महिला जनप्रतिनिधिको चिनारी’ नामक पुस्तम बिमोचन कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टी छोडेर जाने जनप्रतिनिधि महिला एकाध मात्रै परे । एकाध त जस्तै सप्रिएको ठाँउमा पनि हुन्छ ।’ महिला दिदीबहिनीहरु मा विचारका पक्षमा स्पष्टता देखियो । कता जाउँ भन्ने थिएन, अहिलेको आन्दोलन जोगाउन महिला दिदीबहिनी युवा र विद्यार्थी अग्रपंक्तिमा देखिएको उहाँको बुझाई थियो ।

अध्यक्ष ओलीले पार्टी बचाउनका लागि महिलाहरु खुलेर मैदानमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी कब्जा गरिसक्दा पनि कार्यकर्ता पंक्ति त्यो कब्जालाई मान्दैनौ भन्दै उत्रिए, ध्यवस्त बनाउन खोजेको थियो पार्टी तर अहिले तुलनै गर्न नसकिने गरि उठेको छ ।’ महिला युवा विद्यार्थीको सक्रियताले पार्टी बलियो बन्दै गएको उहाँको तर्क थियो । ‘एमाले सिध्याउँछु भन्नेहरुलाई तपाईहरुले जवाफ दिनुभएको छ, यो कामको म प्रसंसा गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो । कार्यक्रममा महिला जनप्रतिनिधिहरुका बारेमा जानकारी मुलक पुस्तक बिमोचन गरिएको थियो ।