५ जेष्ठ २०८१, शनिबार 1716055868
Banner

तीनकुने सामूहिक हत्याको छानबिनका लागि पाँच सदस्य समिति गठन

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा प्रहरीले सो समिति बनाएको हो ।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी छन् ।

गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो ।
मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई छन् ।

Tags :