३ जेष्ठ २०८१, बिहीबार 1715875615
Banner

बागमती प्रदेशसभा भवनअगाडि चिकित्सकहरुको विरोध प्रदर्शन

काठमाडौं । बागमतीप प्रदेश भवनअगाडि चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।

हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले शनिबार बिहान बागमती प्रदेशसभा भवन अगाडि प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए ।

गत भदौ २७ गते डा। विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।

Tags :