३ जेष्ठ २०८१, बिहीबार 1715867186
पालिका

बूनपाले सरकारी विद्यालयलाई ब्राण्डिङ गर्दै, असोज १० गतेसम्म दिवेदन दिन अनुरोध

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो हाताभित्र रहेका सामुदायिक विद्यालयलाई ब्राण्डिङका लागि प्रस्तावना आह्वान गरेको छ ।

नगरले एक सूचना जारी गरी आफ्नो हाताभित्र रहेका इच्छुक विद्यालयहरुलाई वडाको सिफारिससहित ब्राण्डिङका लागि प्रस्तावना पेस गर्न आह्वान गरेको हो ।

विद्यालयलाई उद्यमशील विद्यालय,सांस्कृतिक विद्यालय, लोकसेवा कक्षा विद्यालय, कृषि विद्यालय, विविधमा ब्रान्डिङ गरिने जारी सूचनामा उल्लेख छ । प्रस्तावाना असोज १० गतेसम्म पेस गर्नुपर्नेछ ।

‘नगरपालिकाभित्र चालू आव २०८०/८१ लाई शैक्षिक वर्षका रुपमा कार्यान्वयन गरिरहेको सन्दर्भमा यस अभियानको महत्वपूर्ण अवयवका रुपमा विद्यालयलाई ब्रान्डिङ गर्ने कार्यक्रम रहेकाले तपशिलबमोजिमका विषयमा विद्यालयालाई ब्रान्डिङ गरी सञ्चालन गर्न इच्छुक विद्यालयहरुले मिति २०८०/०६/१० गतेभित्र प्रस्तावना तयारी गरी सम्बन्धित वडाको सिफारिसहित निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’जारी सूचनामा उल्लेख छ ।

Tags :