६ जेष्ठ २०८१, आईतवार 1716121886
Banner

हेटौँडा अस्पतालका ७९ चिकित्सक सामूहिक राजीनामाको तयारीमा

काठमाडौं । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक राजीनामाको तयारी गरेका हुन् ।

एक स्रोतका अनुसार उनीहरुले सामूहिक राजीनामाका लगि पत्र पनि तयार पारेका छन् ।

चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई बुझाएका छन् ।

उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने उल्लेख छ ।

Tags :