३ जेष्ठ २०८१, बिहीबार 1715916615
राजनीति

वेभसाइटबाट पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न सकिने

काठमाडौं । नेकपा एमालेले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका वेभसाइटबाट पनि श्रद्धाञ्जली शब्द अर्पण गर्ने व्यवस्था मिलाएको छ ।

एमालेको केन्द्रीय प्रचारप्रसार विभागका अनुसार पार्टीको वेबसाइट ‘सिपिएनयुएमएल डट ओआरजी’मा शब्द श्रद्धाञ्जली लेख्न चाहनेका लागि उक्त व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले स्व नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

Tags :