३ जेष्ठ २०८१, बिहीबार 1715855130
Banner

सभापति र महामन्त्रीबीच विवाद हुँदा कसरी पार्टी चल्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ भनी प्रश्न गरेका छन् ।

बुधबार बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ,’ उनले प्रश्न गरे, ‘अनि पार्टी चल्छ कसरी रु हामीले यो सोचेका छौं कहिले ?’

उनले सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने उनले बताए । उनले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नु पर्ने बताए ।

Tags :