३ जेष्ठ २०८१, बिहीबार 1715903732
Banner

संसदमा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता,राहत शिक्षकले आन्तरिक परीक्षा दिन पाउने

काठमाडौं । प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार संसदमा सो विधेयक दर्ता गरेका हुन् । दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् ।

हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षक शिक्षकले आन्तरिक परीक्षा दिन पाउनेछन् । फेल भए सरकारले निश्चित रकम दिएर बिदाइ गर्नेछ ।

विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए । त्यसपछि सरकारले यसलाई ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो ।

Tags :