३ जेष्ठ २०८१, बिहीबार 1715901281
Banner

सुवास नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको र १ बजे पछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएकाे छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा हिजो बिहान निधन भएको थियो ।