५ जेष्ठ २०८१, शनिबार 1716085079
Banner

अन्तर्राष्ट्रिय साक्षरता दिवसः साक्षरताको परिभाषा, अभ्यास र सम्भावनाहरू

अन्तर्राष्ट्रिय साक्षारता दिवस २०२३ को थिम “बहुभाषिक साक्षरताले समावेशी समाजलाई बढावा दिन्छ” भन्ने छ। तर, के साक्षरताको परम्परागत परिभाषा र अभ्यासहरू आज सान्दर्भिक छन् तरु के हामीले अपनाएको अभ्यास र गरेको लगानीले साक्षर, शिक्षित र समृद्ध समाज निर्माण गर्न सहयोग गरिरहेको छ तरु मेरो विचारमा “साक्षरताको हालको परिभाषा र अभ्यास अप्रासंगिक भइसकेको छ किनभने यसले शिक्षार्थीहरूलाई ज्ञान, सीप र अवसरहरूको साथ भविष्यको लागि तयार गर्दैन्। तसर्थ, हामीले साक्षरतालाई कसरी पुनस् परिभाषित गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विद्यार्थीहरूलाई उच्च शिक्षा सुनिश्चित गर्न लगानी बढाउने बारे पुनर्विचार गर्न आवश्यक छ।”

अमेरिकी अनुसन्धान संस्थानका अनास्तासी एन। लिबरिस्टे ओसिरसले साक्षरतालाई लिएर भनेका छन्, “मेरो आकांक्षा यो छ कि हरेक बालबालिका, चाहे तिनीहरू जहाँबाट आए पनि वा तिनीहरूको परिस्थिति, गुणस्तरीय शिक्षाको पहुँच र लाभ होस्। तिनीहरू आवश्यक सीपहरू प्राप्त गर्ने अवसरको हकदार छन् जसले सिक्ने, ज्ञान, अवसरहरू र भविष्यका लागि उज्यालो सम्भावनाहरूको आनन्द प्रदान गर्नेछ।” यहाँ अमेरिकी अनुसन्धान संस्थानका अनास्तासी एन। लिबरिस्टे ओसिरसको विचारले मेरो प्रश्न र प्रस्तावलाई सहयोग गरेको छ भन्ने मैले ठानेको छु।

मेरा अनुभवहरूले भन्छ, लेखपढ गर्न जान्नुमात्र साक्षरताको सूचक होइन। किनभने वैश्वीक डिजिटल युगमा साक्षरताको दायरा बढ्नु पर्छ। व्यक्तिको व्यवस्थापन, समाजको विकास र वैश्वीक प्रगतिको आवश्यकता आधारमा साक्षरतालाई परिभाषित गरेको हुनुपर्छ। त्यसैले साक्षरता कार्यक्रममा प्रयोग हुने भाषाहरूले महत्त्वपूर्ण भूमिका खेलेको हुनुपर्छ। डिजिटल विश्वले व्यक्तिको औंठाको छाप आवश्यक ठानेको छ। अब औंठा छापलाई निराक्षर भन्न र मान्न सकिन्न। त्यसैले साक्षरताको परिभाषा, पाठ्यक्रम र कार्यक्रमहरूमा परिमार्जन अनिवार्य भइसकेको छ। जुन कुरो साक्षरता कार्यक्रम तयार गर्नुभन्दा अघि विचार गर्नुपर्ने भएको छ।

युनेस्कोले भनेको छ, “आजको विश्वमा साक्षरता आवश्यक छ, जहाँ पढ्ने र लेख्ने आधारभूत सीपहरू कुनै पनि समाजमा फस्टाउनका लागि विभिन्न प्रकारका सूचना, ज्ञान र अवसरहरू प्राप्त गर्ने गेटवे हो। चिन्ताको कुरा, विश्वमा अझैपनि १०० मिलियन भन्दा बढी निरक्षर वयस्कहरू छन्, र यो सदस्य प्राथमिक विद्यालयहरूमा साक्षरताको स्तर कम भएका कारण बढ्ने जोखिममा छ।”

साक्षरतालाई लिएर केट क्रेग भन्छिन्, “केन्द्रमा शिक्षार्थीहरू हुनुपर्छ, खासगरी बालबालिकाहरू। सिक्नका लागि धेरै अवसर र विकल्पहरू हुन्छन् ताकि हामी सुनिश्चित गर्न सक्छौं कि प्रत्येक व्यक्ति साक्षर हुनेछन्।” केट म्यानमारमा मातृभाषा क्षेत्रमा कार्यरत छिन्। साक्षरता दिवसको अवसरलाई लिएर वर्ल्ड भिजनले भनेको छ, “सबै बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षाको अधिकार छ। यसैले हामी साक्षरता सुधार गर्न र कमजोर बालबालिकालाई फस्टाउन, विकास र चम्कने अवसर प्रदान गर्न सहयोग प्रदान गर्छौं।” तर वर्ल्ड भिजनको लक्ष्य ईसाईकरण बढाउनु हो, जुन उनीहरूको गतिविधिहरूले पुष्टी गरेको छ। जसका कारणले नेपालमा वर्ल्ड भिजन जस्ता संस्थाहरूको साक्षरता कार्यक्रममाथि शंकाको दृष्टकोणले हेर्नुपर्ने बाध्यता बनेको छ।

नेपालमा अधिकांश गैरसरकारी साक्षरता कार्यक्रमहरूले समुदायको व्यापक हितमा भन्दा पनि ईसाईकरण बढाउने आधार तयार गर्नका लागि सहयोगी भइरहेको देखिन्छ। सरकारी साक्षरता कार्यक्रमहरूले समय बिताउने र बजेट सिध्याउने काम गरेको छ। जसले गर्दा स्थानीय समुदायको साक्षरता कार्यक्रमप्रति हेर्ने दृष्टिकोण सकारात्मक बन्न पाएको छैन्। त्यसैले पनि नेपालमा साक्षरता कार्यक्रममा व्यापक सुधार र परिमार्जन आवश्यक भइसकेको छ। तर अझै पनि हामी यथास्थितिमा रूमल्लिएर समय र श्रोतसाधन अनि सीमित आर्थिक क्षमताको दुरूपयोगमा रमाईरहेका छौं। जुन भ्रष्टाचार गर्ने माध्यम पनि बनेको छ।