६ जेष्ठ २०८१, आईतवार 1716125894
Banner

बिपी साहित्य महोत्सव सुरु

काठमाडौं । बिपी साहित्य महोत्सव सुरु भएको छ ।

बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार महोत्सवको उद्घाटन गरेका हुन् ।

आयोजित साहित्य महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताए ।

मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ ।

महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

Tags :