६ जेष्ठ २०८१, आईतवार 1716105782
Banner

कोशीमा बजेटसम्बन्धी अध्यादेश जारी

काठमाडौं । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।

सर्वोच्चको आदेशपछि पुनः मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले पहिलो बजेटसम्बन्धी बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरे । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

Tags :