५ जेष्ठ २०८१, शनिबार 1716048374
अपराध

मूल्यवृध्दि तथा भ्रष्टाचारविरुद्ध भूमि अधिकार तथा श्रमिक संगठन र एमाले महानगर कमिटीले प्रदर्शन गर्ने

काठमाडौं । भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र काठमाडौं महानगरपालिका कमिटी नेकपा (एमाले)ले देशभरिको अव्यवस्थित बसोबास समस्या समाधान र मूल्यवृध्दि तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

संगठनले आइतबार माइतीघर मण्डलामा वेघरवारलाई घरघडेरी उपलब्धता, वेरोजगारीलाई रोजगारको माग गर्दै रित्ता थाल ठटाउँदै जुलुस प्रदर्शन गर्ने भएको हो ।

जुलुस सकाएर संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको काठमाडौं महानगर कमटी इन्चार्ज रामेश्वर फुयालले बताए ।

अस्थायी रुपमा बसिरहेका सुकुम्बासीहरुलाई व्यवस्थापनको योजना बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, उनले मंहगी, भ्रष्टाचार, बेरोजगारी, कुशासन, आवसविहीनका लागि आवस तथा भूमि समस्या समाधानमा सरकारी ढिलाइका विरुद्धमा माइतीघरमा प्रदर्शन गर्न लागिएको उनले बताए । विरोध प्रदर्शन कार्यक्रम २४ गते आइतबार ३ बजेबाट सुरु हुने फुयालले जानकारी दिए ।

Tags :