५ जेष्ठ २०८१, शनिबार 1716052872
Banner

भारतको राजधानी नयाँदिल्लीमा जी–२० सम्मेलन सुरु

काठमाडौं । आर्थिक रुपले सम्पन्न विश्वका ठूला देशको संगठन जी–२० सम्मेलन सुरु भएको छ । भारतको राजधानीमा आजदेखि जी–२० सम्मेलन सुरुवात भएको हो ।

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् ।

सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् ।

२० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् । कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी(२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् ।

उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

साथै उनले जी(२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् ।

Tags :