११ बैशाख २०८१, मंगलवार 1713904367
अपराध

खाना नदिएको झोंकमा आमाको हत्या

नुवाकोट- नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

विदुरदेखि ५५ किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-१, नयाँवस्ती घर भएकी ६५ वर्षिया कान्छीमाया वलामीको उनका छोरा ३३ वर्षिय भीमवहादुर वलामीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मादक पदार्थ सेवन गरि रातको समयमा घरमा कोही नभएको बेला भीमवहादुरले आमा कान्छीमायालाई घरायसी विवादमा कोदालो प्रहार गरि हत्या गरेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रहरीले युवकलाई पक्राउ गरी कारवाहीको लागि कर्तव्य ज्यान मुद्धा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार जिल्ला अदालतमा भीमवहादुरविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ ।-