६ जेष्ठ २०८१, आईतवार 1716162593
Banner

भारतले गर्यो, नेपालबाहेक अन्य देशका लागि चामल निर्यातमा फुकुवा

काठमाडौं । भारतले नेपाललबाहेक अन्य देशमा चामल निर्यातमा लगाएको निर्यात फुकुवा गरेको छ ।

भारतले यसअघि नेपाललगायत अन्य देशका लागि चामल निर्यातमा रोक लगाएको थियो । तर, भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । तर, नेपालका लागि लगाएको प्रतिबन्ध फुकुवा भएको छैन । भारतले चामल निर्यात लगाएका देशहरुमा भारतले भुटान, सिंगापुर र मोरिसस देश थिए ।

भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ । भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो ।

विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो ।

भारतले गत २० जुलाइमा निर्यात रोकेको थियो । तर ति देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरुका लागि सिमित मात्र चामल निर्यात गर्न दिएको हो ।

यता नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको छ। तर भारतले अहिलेसम्म सो पत्रको प्रतिक्रिया नपठाएको बुझिएको छ ।

Tags :