२०७९ आश्विन १६ आईतवार 1664767003
कला/साहित्य

म माओवादी प्रवेश गरेको छैन : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताउनुभएको छ ।

गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको बताउनुभएको छ ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको लेख्नुभएको छ ।

‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ गिरीले लेख्नुभएको छ । विहिबार दिपकराज गिरी नामका एक व्यक्ति माओवादीमा प्रवेश गर्नुभएको थियो ।