२१ बैशाख २०८१, शुक्रबार 1714732098
Banner

एमसीसीबारे प्रचण्ड–माधवको धारणा परिवर्तन हुनुको कारण के ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् ।

एमसीसी परियोजना भोलि बुधबार कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड स्वयंमले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादी)का एवं अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताएका छन् ।

मोर्चाका अध्यक्षसमेत रहेका नेपालले मोर्चाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै संसद्ले पारित गरेको व्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् ।

मंगलबार एमसीसीका उपाध्यक्ष काठमाडौंमा उत्रिएकै दिन विप्लवले समाजवादी मोर्चाले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

एमसीसी उपाध्यक्ष क्यामरन एस अलफोर्ड केहीबेरअघि मात्रै नेपाल आइपुगेका छन् । साथै उनले नेपालका शीर्ष नेताहरुलाई भेट्ने कार्यतालिका समेत बनेको छ ।

विप्लवले नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने बताएका छन् ।

‘निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस्’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनले भने । विप्लव यसअघि देखि नै एमसीसीको पक्षमा खरो रुपमा उत्रिँदै आएका नेता हुन् भने प्रचण्ड एमसीसी पास गर्नका लागि संसदमा खरो रुपमा उत्रिएका नेता हुन् । अहिले समाजवादी मोर्चाका नाममा विप्लव र प्रचण्ड एकै ठाउँमा छन् ।

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेको भन्दै विप्लवले त्यसको विरोधमा एक्लै लड्न नसकिने भएकाले समाजवादी मोर्चा बनेको उनको दावी छ । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् ।

फागुन १५ गते १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित एमसीसी पास गर्नमा यसअघि नेकपाको सरकार हुँदा एमसीसी पास गर्नुहुँदैन भनी विरोध गर्ने नेकपाकै माधव–प्रचण्डको गुट थियो ।

जसको विरोधका कारण एमासीसी पास हुन सकेको थिए । त्यसैगरी सभामुख रहेका अग्निप्रसाद सापकोटाले पनि एमसीसी पास नगर्नका लागि केही भूमिका खेलेका थिए । तर, जब नेकपा फुटेर माओवादी केन्द्र पुरानै दलका हैसतमा स्थापित भयो । र, माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीको जन्मपश्चात् सबै एमसीसी पास गर्नेहरुकै पक्षमा आइपुगे ।

तत्कालीन अवस्थामा नेकपा माओवादी र एकीकृत समाजवादीका केही नेता एमसीसी पास गर्नुहुँदैन भन्ने पक्षमा थिए । र एमसीसीको विपक्षमा सडकमा ढुंगा हान्दै थिए । तर, नाटकीय रुपमा १२ बुँदे गरेर एमसीसी संसदबाट पास भयो । साथै, सडकमा ढुंगामुढा हान्न पनि बन्द भएको थियो ।

तर, रमाइलो के छ भने आज प्रचण्ड र विप्लव एकीकृत समाजवादी मोर्चाका नाममा एकैठाउँमा छन् । सोही मोर्चाले गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अगाडि विप्लवको गर्जनको अर्थ के ? भन्ने कौतुहलता बढेको छ ।

Tags :