२०७९ मंसिर २४ शनिबार 1670675168
Banner

नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ :  केपी शर्मा ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको बताउनु भएको छ ।

आज एमालेनिकट जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ।’

राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उहाँले नेपालको सभ्यता निकै पुरानो रहेको बताउनुभयो ।  

‘हाम्रो सभ्यता धेरै अगाडि देखिको हो । यो सभ्यता डमरु बजाएर सुरु भएको छ । त्रिशुल बोकेर नाचेर सुरु भएको सभ्यता छ । यो सभ्यता शिव नाट्यबाट सुरु भएको छ । यो सभ्यता शैव दर्शन, सांख्य दर्शनबाट सुरु भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, यो सभ्यता यहीँबाट सुरु भएको छ भने शिव यहीँका थिए । सांख्य दर्शनका प्रणेता कपिल मुनी पनि यहीँका थिए ।’