काठमाडौं । नेपाल खेलकुद महासंघको बागमती प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा बागमतीमा एमालेलाई पहिलो पार्टी बनाउन महासंघ लाग्ने र चुनाब केन्द्रीत अभियान सन्चालन गर्ने निर्णय गरेको छ । साथै पहिलो बैठकबाट सचिवालय र कार्यविभाजन समेत गरेको छ । बैठकले खेलकुद गतिविधिमा ठुलो अनियमितता भएको निश्कर्षसहित छानविनको माग गर्दै ग्यापन पत्र दिने निर्णय गरेको छ । कार्यक्रम महासंघका अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा ओमकृष्ण प्रसाई, दिपेन्द्र दाहाल, धर्म श्रेष्ठ, धरम लामा, रामकृष्ण खड्का, दिपक न्यौपाने, उज्वल प्रसाई, तिर्थ बहादुर खड्का लगायतको उपस्थिती थियो ।
