६ जेष्ठ २०८१, आईतवार 1716119208
Banner

धरानमा २४ घन्टे निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै २४ घन्टे निषेधाज्ञा जारी गरेको हो ।

साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकाीलन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ैन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३० बमोजिम भदौ ८ गते राति १२ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।

Tags :