१३ बैशाख २०८१, बिहीबार 1714024370
राजनीति

पार्टीको निर्णय नमान्नेहरु पार्टी छाडेर जानुसः प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् । नेपाल कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको निर्णय नमान्नेहरुलाई पार्टी छाडेर जानसमेत आग्रह गरे ।

कांग्रेस भित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिदाँ पार्टीलाई राम्रो हुने उनले तर्क गरे । यसपटकको चुनावमा कांग्रेसका नेता कार्यकर्ता कसले के गरेको छ सबैको हिसाब हुने पनि चेतावनी दिए ।

गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवश्यकता भएको उनले बताए । उनले भने,‘संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानूपर्ने बाधात्मक अवस्था रहेकाले चुनाव सम्म गठबन्धन कायमै रहन्छ ।’ स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने समेत उनले स्पष्ट पारे । ‘पार्टी भित्रका केहि आफुलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धनबिरुद्ध बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको र आफु लोकप्रिय बन्ने नाउँमा पार्टीलाई क्षति पुराउने काम मात्रै भएको छ ।’–उनले भने ।

पार्टी भित्र एकथरि समुह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि ब्यक्ति रुपमा चरित्रहत्याको अभियानमा लागिरहेको बताए । उक्त समूह सामाजिक संञ्जाल र मिडिया मार्फत भ्रमको खेतिमा लागिरहेको समेत उनले दाबी गरे ।