५ जेष्ठ २०८१, शनिबार 1716037207
Banner

कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन मानेट निर्वाचित

काठमाडौं । कम्बोडियाको राष्ट्रिय सभाबाट हुन मानेट पाँच वर्षको कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

मंगलवार हुन मानेटलाई कम्बोडियाको राष्ट्रिय सभाले पाँच वर्षको कार्यकालको लागि नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उनी कम्बोडियन पिपुल्स पार्टी (सिपिसी) का नेता हुन् ।

सिपिसीले जुलाई २३ को आम चुनावमा ठूलो जित हासिल गरेको थियो । राष्ट्रिय सभा बैठकमा उपस्थित करिव १२३ सांसदले उनलाई नयाँ प्रधानमन्त्रीको लागि मत दिएका थिए । राष्ट्रिय सभाले सन् २०२३ देखि २०२८ सम्मको कार्यकालका लागि हुन मानेटको नयाँ मन्त्रीपरिषद् सदस्यहरूलाई समेत अनुमोदन गरेको छ ।

मतदानबाट निर्वाचित भएसँगै सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मानेटले कम्बोडियाको लागि आजको दिन ऐतिहासिक दिन भएको बताए । उनले आफू र आफ्नो मन्त्रीपरिषद्लाई विश्वासको मत दिएकोमा धन्यवाद ज्ञापन गरे ।

मानेट नेतृत्वको नयाँ मन्त्रीपरिषद्मा १० उपप्रधानमन्त्री, ११ वरिष्ठ मन्त्री र ३० जना मन्त्रीहरू रहेका छन् । ४५ वर्षीय मानेटले ३८ वर्षभन्दा बढी प्रधानमन्त्री भएका आफ्ना ७१ वर्षीय पिता सम्देच टेको हुन सेनको उत्तराधिकारीका रुपमा काम अघि बढाउनेछन् । एजेन्सीको सहयोगमा