६ जेष्ठ २०८१, आईतवार 1716116882
अर्थ

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदालाई सर्वदलीय बैठकले अन्तिम रुप दिने

काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ ।

तीन दलका शीर्षस्थ नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।

सो समितिमा एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे सहभागी छन् । उक्त मस्यौदा केहीबेरमा बस्ने सर्वदलीय बैठकमा पेस हुने र बैठकले अन्तिम रुप दिने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

Tags :