११ बैशाख २०८१, मंगलवार 1713891506
राजनीति

चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा बुधबार सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने पनि स्पष्ट पारेको छ ।

साथै, तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय पनि गरेको छ ।