१३ बैशाख २०८१, बिहीबार 1714043590
Uncategorized

प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न १२/१३ पुसमा रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा विधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो । 

बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । पछिल्लो पटक संशोधन गरिएको विधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय अधिवेशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने गरी कार्य योजनासहित अघि बढेको जनाएको छ ।