१३ बैशाख २०८१, बिहीबार 1714046128
प्रदेश

मुस्लिम समुदायको उत्थानमा सहयोग गर्न अध्यक्ष अन्सारीद्वारा स्थानीय तहलाई आग्रह

सप्तरी– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थानमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

सप्तरीमा बुधबार भएको ‘मुस्लिम समुदायको हकहित अभिवृद्धिका लागि सरोकारवालासँगको अन्तर्क्रिया’ कार्यक्रममा अध्यक्ष अन्सारीले आयोग स्थानीय तहसँग हातेमालो गर्न तयार रहेको पनि बताउनुभयो ।

अध्यक्ष अन्सारीले जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहको सक्रियता मात्रै सबै जातजाति, धर्म र लिंगका नागरिकको उत्थान र विकास सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले मदरशा, कब्रिस्तानलाई व्यवस्थित बनाउन पनि अपिल गर्नुभयो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्रलगायतले धारणा राख्नुभएको थियो ।