७ जेष्ठ २०८१, सोमबार 1716252955
समाचार

वरिष्ठ उपाध्यक्ष पोखरेलसँग जोडिएर आएका समाचारबारे स्पष्ट पार्न २४ घन्टे अल्टिमेट

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वरक्षामन्त्री ईश्वर पोखरलेको परिवार सुनकाण्डमा जोडिएको समाचारबारे प्रेस काउन्सिलले २४ घण्टात्रि स्पष्ट पार्न अल्टिमेटम दिएको छ ।

हाल चर्चामा रहेको सुनकाण्डमा पाखेरेलका परिवार पनि संलग्न समाचार आएपछि प्रेस काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी २४ घण्टे अल्टिमेटम दिएको हो ।

‘सम्प्रेसित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिइ खण्डन सम्प्रेषण गरी २४ घण्टाभित्र काउन्सिललाई जानकारुी गराउन नियमानुसार सूचित गरिन्छ,’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘पत्राकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्रीको सम्प्रेषण गर्नुपर्ने, स्वच्छ, मर्यादित र विश्वासनीय पत्रकारिता गर्नुपर्ने, कुनै पनि आधारमा कसैमाथि भेदभाव वा घृणा उत्पन्न् गर्ने सामग्री सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानि पुर्याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादित प्रतिकूल कार्य गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानि पुर्याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल कार्य गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने , समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने पत्रकार आचारसंहितको व्यवस्थाबारे यहाँलाई अवगत नै छ ।’

पोखरेलले आफ्नो परिवारसँग जोडिएर समाचार आएपछि आपत्ति जनाएका थिए ।

Tags :