१२ बैशाख २०८१, बुधबार 1713952220
Banner

एआईजी पदमा बढुवाविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार पेशी

नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णयविरुद्ध डीआईजी ईश्वरबाबु कार्कीले आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । सर्वोच्चका प्रवक्ता बिमल पौडेलले डीआईजी कार्कीले दिनुभएको रिट निवेदन दर्ता भएको जानकारी दिनुभयो ।

प्रवक्त पौडेलका अनुसार उक्त रिटको पेशी चैत २० गते आइतबारका लागि ताेकिएको छ ।