७ बैशाख २०८१, शुक्रबार 1713552264
Uncategorized

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोनाको  संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८९ जना रहेका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितहरुको संख्या १ हजार ८१ रहेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ ।