२०७९ आश्विन १६ आईतवार 1664766960
Uncategorized

बाँकेमा चार हजार भन्दा बढी एमालेमा प्रवेश

नेपालगञ्ज – बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरी चार हजारभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षित सहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराउनुभयो ।

संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताउनुभयो । आयोजित कार्यक्रममा महासचिव पोखरेलले पार्टी विरुद्धको घेराबन्दी लामो समय टिक्न नसक्ने बताउनुभयो । चार हजार २४५ नाज एमालेमा प्रवेश गरेको दिक्षितले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेशको विकट क्षेत्रको रुपमा रहेको नरैनापुरमा पछिल्लो समय एकपछि अर्को गरि विकासका पूर्वाधार पुगेको भन्दै उहाँले यसको नेतृत्व आफ्नो पार्टीले गरेको दावी गर्नुभयो ।