५ जेष्ठ २०८१, शनिबार 1716073143
Banner

साउनको अन्तिम सोमबार आरती हेर्न एमाले अध्यक्ष ओली डोलेश्वर महादेव मन्दिरमा (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली केदारनाथ शिर डोलेश्वर महादेव मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी हुनुभएको छ ।

साँझ ६ः ३० देखि ८ बजेसम्म अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्यसहित सन्ध्याकालिन आरतीमा सहभागी हुनुभएको हो । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको केदारनाथ शिर डोलेश्वर महादेव मन्दिर प्राङ्गणमा आयोजित सन्ध्याकालिन विमला गंगा आरतीमा भक्तजनहरुको उल्लासमय सहभागिता रहेको थियो ।

डोलेश्वरमा आयोजित सन्ध्याकालिन आरतीमा पुर्वमन्त्री द्धय पद्मा अर्याल, महेश बस्नेत, प्रदेश सांसद किरण थापा, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, उपमेयर सरिता तिम्सिना भटटराई, गायिका कोमल ओली, वडाका अध्यक्षहरु सहित उल्लेख्य मात्रामा भक्तजनहरुको सहभागिता रहेको थियो ।

आज महिलाहरुले साउनको सोमबार ब्रत बसेर पूजा आराधना गरी सोमबारे व्रत समापन गरेका छन् ।

विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।