५ जेष्ठ २०८१, शनिबार 1716046130
Banner

नक्कली भुटानी शरणर्थी प्रकरण : थप १८ उजुरी दर्ता

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा ठगी गरेको भन्दै थप १८ जनाबाट उजुरी परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै छुट्टाछुट्टै १८ जनाले उजुरी हालेका हुन् ।

काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाहरूका १८ जना पीडितहरूले उजुरी दिएको प्रहरीले बताएको छ ।

Tags :