८ बैशाख २०८१, शनिबार 1713640651
राजनीति

चुनौती नै चुनौती छन्ः झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा चुनौती नै चुनौतीको चाङ रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै देशको अहिलेको कार्यशैलीले चुनौतीहरुको सामना गर्न नसकेको र समस्याको समाधान पनि गर्न नसकेको बताए ।

देशमा चुनौती नै चुनौती छन्, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले भने, हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्छ ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे । भ्रमणबारे आजै छलफल हुने पनि बताए ।