३१ बैशाख २०८१, सोमबार 1715612724
अर्थ

सुन प्रकरणमा संलग्नता भएको प्रमाणित भए राजीनामा दिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता भएको प्रमाणि भए पदबाट राजीनामा दिने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाउँदै उनले यस्तो बताएका हुन् ।

तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’

डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’

Tags :