१३ बैशाख २०८१, बिहीबार 1714062874
Banner

मूल्यमान्यतामा आधारित गठबन्धन आवश्यक छ : नेम्वाङ्ग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने बताउनुभयो ।

‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ,’नेम्वाङले भन्नुभयो,‘यि सबै कुरालाई ध्यानमा राखेर संसदीय मुल्य र मान्यतामा आधारित लोकतान्त्रिक मुल्यमान्यता अनुरुप त्यस्ता गठबन्धन हुनुपर्छ ।’