२०७९ आश्विन १६ आईतवार 1664767165
Banner

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ ।

सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ। मङ्गलबार सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ। सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।