४ जेष्ठ २०८१, शुक्रबार 1715958380
Banner

पानीमा डुवेर दुई बालबालिकाको मृत्यु

काठमाडौं । बिर्तामोड-झापाको कनकाई–१ त्रिवेणी टोलमा आज अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ।

चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

नजिकैको बाघे खोलाले बनाएको खाल्डोमा जमेको पानीमा डुवेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनु भयो ।