२२ बैशाख २०८१, शनिबार 1714862723
विश्व

चीनले भारतका लागि १० महिनासम्म किन राजदूत नियुक्त गर्न सकेन ?

काठमाडौं । १० महिनायता चीनले भारतका लागि राजदूत नियुक्त गरेको छैन ।

जी–२०का बैठक लगातार भारतमै भइरहेका बेला चीनले राजदूत नियुक्त नगरेको हो । भारतीय राजदूत चिनियाँहरुका लागि एक प्रतिष्ठित पद हो । चिनियाँ मर्यादाक्रमअनुसार यो पद चिनियाँ उपपरराष्ट्रपति स्तरको पद हो ।
सन २०२२ यता चीनले धेरै देशमा राजदूत नियुक्त गरिसकेको छ । जसलाई शिखर सम्मेलनका पर्यवेक्षक राष्ट्रहरुले असामान्य भनी भनेका छन् ।

चीनले यो बीचमा अमेरिका, ब्रिटेन र जापानमा आफ्नो राजदूत नियुक्त गरिसकेको छ । यी कुनै पनि देशमा यति लामो समय खालि छैनन् । सन् २०१४ मा पनि यस्तै भएको थियो ।