५ जेष्ठ २०८१, शनिबार 1716039888
अपराध

६ नाल भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ। बुधबार हटिया प्रहरी चौकीको टोलीले ५ थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।