२२ बैशाख २०८१, शनिबार 1714837500
अर्थ

रिटर्नीहरुका निम्ति आप्रवासन नीति छिट्टै ल्याउछौँ : मन्त्री भण्डारी

काठमाडौं । विदेशबाट फर्केर आएका व्यक्तिहरुको साझा संस्था रिटर्नी माइग्रेंट नेपालले आफ्नो छैटौ स्थापना दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री सरतसिं भण्डारी, अतिथिहरुमा माननीय रामहरि खतिवडा, डि।पी। अर्याल, ज्ञानेन्द्र साही, राष्ट्रिय युवा परिषदका पूर्व उपाध्यक्ष माधव ढंगेल,रिटर्नी फेडेरेशन नेपालका अध्यक्ष उत्तम अधिकारी, युवा परिषदका उपाध्यक्ष रामकुमार बस्नेत,डा। सुरेन्द्र भण्डारी, पेशागत महासंघका अध्यक्ष प्रेमल खनाल,लगायत वक्ताले राज्यले रिटर्नीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई तत्काल प्रयोगमा ल्याउनु पर्ने कुरामा जोड दिँदै शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष लक्ष्मी आचार्यले सभापतिको आसनबाट कार्यक्रममाथि प्रकाश पार्दै भर्खर विवाह गरेको युवा श्रीमती छोडेर विदेसिन्छ, आमाहरु छोराछोरी छोडेर विदेसिन बाध्य भएको बताए ।

‘पछिल्लो आर्थिक वर्षमामात्रै करिब ७ लाख युवा बिदेसिएका छन् । जुन संख्याले ३२ प्रतिशत योगदान गरेको छ, । यो देशमा सरकार छ भन्ने अनुभूति राष्ट्रिय युवा परिषदमात्र छ । तर सरकारले हामीलाई वेवास्था गरिरहेको छ । हामीले सिकेका ज्ञान सीप र अनुभवलाई राज्यले सदुपयोग गर्नुपर्दथ्यो, यहाँ त नीति बन्छ, बाहिर आउँदैन, कार्यान्वयनको त कुरै छोडौँ ,’ उनले भने, ‘ वास्तवमा ह्युमन क्यापिटललाई राज्यले कैलेपनि अनुभूति नगर्नु विडम्बना हो । ५० लाख जनसंख्या विदेशमा छन् । ती व्यक्तिलाई किन उपेक्षा गरिन्छ ?’

यस्तै, मन्त्री भण्डारीले रहरले भन्दा पनि करले विदेसिने अवस्थाको अन्त्यका लागि राष्ट्रिय आप्रवासन नीतिको परिकल्पना गरेको बताए ।

जसले तत्काल विदेश जाने व्यक्तिलाई सुरक्षा प्रदान गर्ने र विदेशबाट फर्केका व्यक्तिलाई रिईन्ट्रिगेट गर्न सहज हुने उनको भनाइ छ ।

आफूहरु रिटर्नीहरुसँग हातेमालो गर्न तयार रहेको बताए । उनले ७५३ पालिकामा रोजगार सेवा केन्द्र बनाएका बताउँदै केन्द्रबाट नीति बनाएर अघि बढ्ने तयारीमा मन्त्रालय लागेको बताए ।

यसैगरी सहुलियत ऋण दिनका लागि सामाजिक सुरक्षा कोषमार्फत अघि बढाउने योजना रहेको पनि मन्त्री भण्डारीले बताए ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव कृष्ण न्यौपानेले गरेका थिए भने सत्यकला राईले तिमीलाई हङकङ पुर्यायोू भन्ने गीत प्रस्तुत गरेपछि सबै सहभागीले नाचेर साथ दिएका थिए ।

Tags :