२०७९ आश्विन १६ आईतवार 1664730546
Banner

दुर्गा प्रसाईको घोषणा, ‘माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु’

काठमाडौं । एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गर्नुभएको छ । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उहाँले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’ 

नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उहाँको आरोप थियो ।