६ बैशाख २०८१, बिहीबार 1713447016
Banner

भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको दावी रहन्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ ।

आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो ।

उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णयसँगै अब कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाउने बताउनुभयो । महानगर र उपमहागरमा गठबन्धन दलहरुले छलफल गर्ने र सोही अुनसार टुंगो लगाउने प्रचण्डको भनाइ छ ।