७ जेष्ठ २०८१, सोमबार 1716254131
Banner

पार्टीको बैठकमा झलनाथको असन्तुष्टि : पार्टी माओवादीको पिछलगुवा भएर अघि बढ्यो, कार्यकर्ता एमालेमै फर्किन थाले (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादीको पार्टी बैठकमा लिखित असन्तुष्टि राखेका छन् ।

शनिबारबाट सुरु पार्टी स्थायी कमिटी बैठकमा खनालले पेश गरेको ‘वर्तमान परिस्थितिमा ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु’ शीर्षक दस्तावेजमा यी लगायत समस्या उठाइएको छ ।

‘विद्रोह गर्दा हामीसँग जुन जनमत थियो, त्यो खुम्चिएको छ, उपचुनाव हुँदा हाम्रो पार्टीले उम्मेदवारसम्म उठाउन सकेन,’ खनालले लेखेका छन्, ‘युवा विद्यार्थी दिशाहीन छन् । कार्यकर्तामा पलायन, पदलोलुपता र हताश छ ।’यस्तै, उनले एकीकृत समाजवादीमा पनि एमालेकै जबजको धङधङ्गी रहेको बताएका छन् ।

कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको गुनासो उनले गरेका हुन् ।

‘हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढ्यो, कार्यकर्तामा बरु एमालेतिरै जाने चिन्तन विकास भयो,’ खनालको डकुमेन्टमा भनिएको छ, ‘चुनाव वर्गसंघर्षकै अभियान हो, तर हाम्रो पार्टीले चुनावलाई वर्गसंघर्षको रुपमा देखेन ।’

Tags :